त्यो दिन रामचन्द्र पौडेलले नेपालगन्जका पुराना नेता सनत रेग्मी सहितका कांग्रेस कार्यकर्ताहरुसँगको नेपालगन्ज भेटमा भनेका थिए –‘लोकतन्त्रमा सेटिगंले काम गर्न लग्दा लोकतन्त्र कम्जोर भयो ।’ प्रसंग प्रधान न्यायधिसमाथिको महाभियोगको थियो । पौडेलसँग रहेका बाँके कांग्रेसका पूर्व सभापति प्राज्ञ रेग्मी सहितका नेता तथा युवा कार्यकर्ताहरुले जिंज्ञासा राख्दै सोधे–‘विधि र प्रक्रियाको लोकतन्त्र जनताले कहिले महशुस गर्न पाउलानत नेता ज्यु अब ?’ अहिलेका राष्ट्र«पति पौडेलले उतिबेला जवाफमा भनेको कुरा यतिबेला स्मरणयोग्य छन् । जवाफमा पौडेलले भनेका थिए–‘अबको लंडाई नै त्यही हो ।’
यति नै बेला म ‘प्रजातान्त्रिक समाजवाद ः एक अध्ययन’ पुस्तक सम्झँदै छु । यो पुस्तक नेपलको राजनीतिमा यसकारण उल्लेख गर्नु नै पर्ने बेला छ । निमुखालाई न्याय र विपन्नलाई आय दिन सक्नु नै नेपालको हकमा प्रजातान्त्रिक समाजवाद हो भन्ने पौडेल राष्ट्र्प्रमुख भएका छन् । मैलै सम्झँदै गरेको उक्त पुस्तकका लेखक पनि हुन यतिबेलाका राष्ट्र«पति महामहिम रामचन्द्र पौडेल । उनको अर्को पुस्तक नयाँ सन्दर्भमा समाजवाद पनि प्रकाशित छ । लोकतान्त्रिक समाजवाद र कांगे्रसको पुनर्निर्माण अर्को बलियो पुस्तक पनि छ । त्यता नलागौं, पौडेल अब दल भन्दा माथि रहनेछन् । त्यस्तै उनका अन्य पुस्तक पनि प्रकाशित छन् । सिद्धान्तः पुस्तक लेखेका लेखक र सक्रिय राजनीतिमा भएका ब्यक्ति यति बेला राष्ट्र«पतिको ओहोदामा छन् । तर कसैले पुस्तक लेख्नु र लेखेका कुहरु ब्यवहारमा उातार्नुको फासला कति छ त ? आगामी दिनहरु प्र्खिनु पर्ने छ ।
गणतन्त्रात्मक देश नेपालमा राष्ट्र«पति आलंकारिक पद हो । तर प्रथम र दोस्रो राष्ट्र«पतिबाट त्यो विषय अक्षुण पालना नभएको कुरामा थप चर्चा गर्नु नपर्ला । परिस्थिति अनुसार ति निर्णयमा दुवै पूर्व राष्ट्र«पतिले आ आप्mनो बचाउ गर्ने गर्छन् । बाँकी उनीहरुको भूमिकाको मुल्याकंन भविष्यमा हुनै नै छ ।
कुनै बेला भारतमा आचार्य नारेन्द्र देव सँगै जय प्रकाश नारायणको पथ थियो प्रजातान्त्रिक समाजवाद । त्यही नारामा भारतमा एउटा फरक धारको राजनीति चल्यो,त्यो विषय विश्वब्यापी पनि भयो । वि.पी.कोइरालाले त्यही विषयमा निर्वासनमा वस्दा चिन्तन,मन्थन र लेखन गरे । पौडेल पनि त्यही मुभमेन्टका एक स्तम्भ हुन । उनै नेता पौडेल यतिबेला देशको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने तहमा विराजमान भएकाछन् । के देशको प्रमुख पदमा आसिन ब्यक्ति देशलाई सहि दिशामा लैजान सामथ्र्य राख्छन त ? त्यो पनि आलंकारिक पदमा रहेर ।
हुन त नेपालको गणतन्त्रको यत्रा उति लामो पारीको छैन तर पनि विहानको सूर्योदयले दोपहरको रगं देखाउँछ भने झैं आशाको त्यान्द्रो लहरिरहनुपर्छ भन्ने हो । नेपालमा राजाको भूमिकाले प्रजातन्त्र बेलाखत अप्ठ्यारोमा परेका दृष्टान्त छन । तर फेरी कतिपय राजा कै कारण नेपालमा प्रजातन्त्र स्थापना भएको इतिहांसलाई पनि विर्सन सकिंदैन । वाह्य शक्तिको भूमिका प्रत्यक्ष वा परोक्ष रुपमा त रहँदै आएको यर्थाततालाई नकार्न पनि मिल्दैन ।
अहिले देशभरीका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थि युनियनको निर्वाचन चलिरहंदा त्यही सस्ंथालाई स्थापना गर्न यतिबेलाका राष्ट्र«पति पौडेलले बर्षैं पहिले लिएको अग्रसरता सम्झनयोग्य सन्दर्भ हो । विभिन्न कालखण्डमा स्ववियुको संस्थागत उपस्थितिलाई गर्वका रुपमा पनि हेर्ने गरिन्छ । त्यस्को मियो महामहिम पौडेल नै थिए कुनै बखत ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा देशभित्रको शक्ति सँगै वाह्य शक्तिको पुसअप कहिले अस्वाभाविक त कहिले चर्को रुपमा भइरहने गरेका दृष्टान्त छन् । खासगरी दाश्रो विश्व युद्ध पछीको शितयुद्ध यता नेपालमा भएका राजनीतिक परिवर्तन एक वा अर्कौ ब्यवस्था परिवर्तनलाई लिएर भए । त्यसमाथि कार्यकारी प्रधानमन्त्री वा राष्ट्रध्यक्ष कुन हावी भए भनेर नेपालीले माना पाथिले नाप तौल गरिरहेकै हौलान । के अब राष्ट्रध्यक्षलाई हाम्रो जस्तो देशमा चुपचाप बसाउन सक्ने अचुक उपायमा अभ्यस्त पार्न सकिएला त ?
प्रजातन्त्र,लोकतन्त्र र संघीयता सहितको धर्म निरपेक्ष गणतन्त्रमा राष्ट्र«ाध्यक्षलाई विवादमा पार्ने वा विवाद रहित बनाउने भूमिका भने यहाँका मुख्य राजनीतिक दल त्यसमाथि पनि सत्तारुढ दलका निर्णयमा भर पर्ने गर्दछन् । यति भनिरहंदा महामहिम पौडेललाई तटस्थ भूमिकामा आम नागरिकले देख्न चाहन्छन भन्ने नै हो ।
छ पटक सांसद भएका नेता त्यसमाथि संसदलाई चलाएका ब्यक्ति, पार्टी राजनीतिमा एउटा ठुलो दलका तर्फबाट संसदीय दलमा नेता भएका अनुहार त्यति मात्रै होइन प्रधानमन्त्रीमा उम्मेद्वार अनि एक पु्रानो पार्टीको सभापतिका आकांक्षि सहित उम्मेद्वार भइसकेका ब्यक्तिलाई अब दलिय स्वार्थबाट पर बसेर देश र जनताका लागी तटस्थ रहन चुनौति र अवसर दुवै छ यतिबेलाका महामहिम पौडेललाई ।
‘संविधानको रक्षा र प्रतिनिधि सभाको सुरक्षा’ भन्ने जगमा नेपाली कांग्रेसको अगुवाइमा गठबन्धन बनाउने एक सूत्रधार जो हुन महामहिम पौडेल । अब यही नारालाई राष्ट्र«ाध्यक्ष भईसकेपछि संस्थागत गर्ने अभिारा उनैको काँधमा थपिएको छ ।
कुनै बेलाको नेकपाका तर्फबाट प्रधानमन्त्री रहेका के.पी.शर्मा ओलीले दुई पटक संसद भंग गर्दा यीने पौडलले देशलाई अस्थिरतातर्फ धकेलेको भन्दै स्पष्ट रुपमा प्रधानमन्त्री ओली र त्यसलाई साथ दिने राष्ट्र«ाध्यक्ष विद्या देवी भण्डारीको चर्को आलोचना गरेका थिए । अब त्यो अवस्था नआउला भन्न त सकिंदैन तर महामहिम पौडेलको भूमिका कस्तो रहला जनताले फेरी पाथि र मानाले तौल लिनेछन भन्ने कुराको हेक्का महामहिम पौडेललाई राष्ट्र«ाध्यक्षमा पदासिन हुँदासम्म रहिरहने अपेक्षा छ ।
पार्टीगत रुपमा लामो राजनीतिक यात्रा अनि सत्ताको पटक पटकको रापमा बसिसकेका महामहिमलाई शान्तपुर्वक शितलनिवासमा गणतन्त्रको अभिभावक भएर बस्न सक्ने क्षमता प्रकट गर्नसक्नुहोस । अन्तमा,लोकतान्त्रिक सिद्धान्तका ेअनवरत वकालतकर्ता महामहिम रामचन्द्र पौडेलको राष्ट्र«पति कडीमा दलीय गन्ध नभेटीयोस । जो महामहिम पौडेलको जिवनको लोकतन्त्र प्रतिको अन्तिम अग्नि परिक्षा पनि हुनेछ,सायद । जय होस ।
Posted on ७ चैत्र २०७९, मंगलवार
Last updated on March 21, 2023