अमृत गुरुङ्गको तस्विर पेन्ट गरिएका ट्रकहरु नेपालगन्ज आईपुगे अनि आईपुगे गायक अमृत गुरुङ्ग पनि । ‘म्युजिक फर ह्युम्यानिटि’ लेखिएका मालवाहक ट्रक नेपालगन्जको रङ्गशाला पुगेका छन् । यी ट्रकहरुमा अमृत गुरुङ्गले प्रस्तुत गर्ने साङ्गितिक प्रस्तुती तयारीका सामाग्री छन् । नेपालगन्जका चोक र गल्लिहरुमा गायक गुरुङ्ग सहभागी हुने कार्यक्रमका टिकट विक्रिका स्टलहरु छन अनि घन्किरहेका छन ‘नेपथ्य’ ब्याण्डका गीतहरु ।
मञ्च ब्यवस्थापन देखि संगीतका इन्स्ट्रुमेन्ट सहित गायक अमृत गुरुङ्ग केही दिन देखि नेपालगन्जमा उपस्थित छन् ।
मानवता प्रवर्द्धन अभियान उदेश्य लिएर देशका विभिन्न शहरमा आयोजना गरिंदै आएको
को तयारी नेपालगन्जमा चलिरहेको छ । नेपालगन्जमा मानव सेवा आश्रम भवन निर्माण एवम अक्षयकोष स्थापना गर्ने कार्यक्रमको लक्ष्य छ ।
कार्य्रक्रम नेपालगन्जमा २९ मंसिरमा आयोजना हुँदैछ ।
बेलायत स्थित वेम्बली स्टेडियम यूरोपको दोश्रो ठुलो रङ्गशाला हो । करिब ९० हजार दर्शक क्षमता रहेको । एशियाबाट अमिताभ बच्चन र आमिर खान लगाएतका कलाकारहरुले आफ्नो प्रदर्शन गरेको उक्त रङ्गशालामा हजारौं दर्शक माझ नेपथ्यका अमृत गरुरुङ्गले सन् २०१३ मा आफ्नो जादुमय प्रस्तुति दिएका थिए ।
प्राय खेलकुद गतिविधि मात्रै सञ्चालन हुने नेपालगन्ज रङ्गशाला यो पटक मनव सेवाका लागी खुल्ने पर्खाईमा छ । यतिबेला नेपालगन्जको रङ्गशालामा मानव सेवाका लागी उनै अमृत गुरुङ्गको प्रस्तुतीको तयारी जोडतोडका साथ चलिरहेको छ ।
संघीयताको कार्यान्वयन सँगै नेपालगन्ज केन्द्रित ठुला कार्यक्रम नभईरहँदा यो कार्यक्रमले यहाँका नागरिकलाई एकठाउँमा उभ्याउने प्रयास गरिरहेको छ ।
पुर्व निर्धारित समय मै आफ्नो प्रस्तुति शुरु गर्ने अमृत गुरुङ्गको बानी छ,यहाँ यो पटक पनि उनले त्यही अुशरण गर्नेछन् ।
उसो त नेपालगन्जको रङ्गशालामा खेल बाहेकका साङ्गितिक कार्यक्रममा दर्शकको उपस्थिति सँधै न्युण रहेको विगत छ । मानव सेवाका लागी रकम संकलन गर्न उक्त कार्यक्रममा सहभागीताका लागी रु। १ हजारको टिकटको प्रावधान राखिएको छ । चर्चित ब्याण्ड १९७४ ए।डी। देखि इण्डियन आईडल प्रशान्त तामाङ्गको प्रस्तुतिमा यहाँ दर्शक श्रोताको उपस्थिति कम्जोर थियो । तर यो पटक मानव सेवाका लागी भनेर आयोजना गरिने कार्यक्रममा सर्वसाधारणको सहभागीता राम्रो रहने अनुमान गरिएको छ ।
एउटै ईट्टा किन नहोस हात थाप्दै छौं…..’ बोलको गीत मंगलबार मानव सेवा आश्रम नेपालगन्जको प्राङ्गनमा घन्किंदा कार्यक्रममा उपस्थितहरु भावविह्वल भए ।
२७ गते गुरुङ्ग मानव सेवा आश्रम नेपालगन्जमा आयोजित एक कार्यक्रममा सहभागी भए । बाँकेमा मानव सेवा आश्रम सञ्चालन गर्न भूमि दान गर्ने जे।के।सिंहलाई मंगलबार नै नेपालगन्जमन सम्मान पनि गरे गायक अमृत गुरुङ्गले ।
नक्कले आँखा नझिम्क्याउ मलाई……..यो अमृत गुरुङ्गले गाएको एउटा गीतको अन्तरा हो । २९ गते यसरी क-कस्ले रङ्गशालामा आँखा झिम्क्याउनेछन हेर्न भने बाँकी नै छ ।
Posted on २७ मंसिर २०७९, मंगलवार
Last updated on May 28, 2023