शहरमा उम्मेद्वारीको ट्रीजर

चुनाव चर्चा

    • बसन्त कुमार उपाध्याय

    • १७ आश्विन २०७९, सोमबार

उम्मेदवार भए म दौडने छैन, यदि निर्वाचित भए, म सेवा गर्दिन। एकजना चर्चित ब्यक्तित्व विलियम टि. एसका भनाई सम्झन्छु । उनि एक अमेरीकन शैनिक थिए ।

अहिले नेपालको राजनीतिमा अवस्था हेरौं त
लोकतान्त्रिक ब्यवस्थामा राजनीतिक दलसँग जनताको अपेक्षा रहनु स्वाभाविक हो ।
नेतृत्वसँग कार्यकर्ताको आशा पनि अपेक्षाकृत सम्बन्ध हो । सरकारसँग नागरिकको अपेक्षा अधिकारको विषय हो ।

देश फेरी एकपटक चुनावको यात्रामा छ । आवधिक निर्वाचनले लोकतन्त्र मजवुत बनाउँदै लैजान्छ भन्ने मान्यता बोक्दछ ।
ुलोकु र ुतन्त्रुशब्दको बेजोड शक्ति नै लोकतन्त्र हो । जुन शक्तिका श्रोत मतदाता हुन्छन् ।
लोकतान्त्रिक देशमा विकास र सुशासन सहित चुनावमा स्वस्थ प्रतिष्पर्धा हुनु आबश्यक पनि छ । प्रतिष्पर्धा जनताको हितमा हुन्छ भने त्यो लाभदायक हो । तर प्रतिष्पर्धाले दल र तिनका मुट्ठीभर नेता अनि कार्यकर्ताहरुलाई मात्रै लाभ दिलाउँछ भने त्यो लोकतन्त्रका लागी पक्कै हानिकारक हुन्छ ।

चुनावले मतदातालाई विकल्प चुन्ने मौका दिन्छ । जहाँ पार्टी दल र उम्मेद्वार चुन्ने मौका हुन्छ । तर पछिल्ला चुनावहरुले देशमा विकल्प चुन्न सहज छ कि छैन भनेर प्रश्न उठाएको छ ।

अँझ बुझिने भाषामा भनौं वाम एकताका नाममा २०७४ र सत्तरुढ गठबन्धनका नाममा २०७९ लोकतन्त्रका लागी राम्रा अभ्यास पक्कै मान्न सकिन्न । यस किसिमका प्रयासहरुले साँचो रुपमा मतदाताले जन प्रतिनिधि चुन्न सक्दैनन । मतदान त गर्लान तर जनप्रतिनिधिको कामको मूल्याकंन गर्न पाउने अधिकारबाट बञ्चित गराउने देखिन्छ । गठबन्धन होस वा तालमेल जे सुकै भनियोस उही पार्टी,उही उम्मेद्वार र उस्तै जन प्रतिनिधि बाध्यात्मक रुपमा चुनिएर जाने सम्भावना बढ्छ । न कि कामको मूल्यांकन ।

निर्वाचनको नजिक पुग्दै गर्दा केही दल र केही उम्मेद्वारहरु धर्म, जाति, क्षेत्र, भाषाका नाममा मतदातालाई विभक्त गरेर आँफुतर्फ आकर्षित गर्न खोज्दछन् । यसो गर्नु र गराउनु लोकतन्त्रको भावना र मर्म विपरीत हो । धनको प्रभावमा होस कि डर देखाएर वा धम्कि दिएर अथवा अन्य केही प्रलोभनमा पारेर मतदातामाथि दबाव बनाउनु अस्वस्थ प्रतिष्पर्धा हो ।

चुनावका दौरान दल र उम्मेद्वारको प्रतिष्पर्धामा मतदाता सिंगो नागरिक स्तरमा विभाजित र द्वन्द्व हुन दिनुहुँदैन । यदी त्यसो हुन्छ भने त्यस्ता गतिविधिले लोकतन्त्र कम्जोर बनाउँदै लैजाने सम्भावना बढ्छ ।
हाम्रो देशको चुनाव प्रक्रिया मध्ये प्रत्यक्ष तर्फ भनेको जस्ले धेरै ल्यायो उसैले जित्छ । अनि समानुपातिक प्रतिनिधित्व तर्फ बेग्लै ब्यवस्था पनि छ।

ुप्रत्यक्षु र ुसमानुपातिकु सिफारिसको ुअपार सफलताु पछी यतिबेला नेपाली राजनीति सभाषद र सांसद पद ुनगदु र ुउधारोुको ट्रिजर शहरमा ब्यापक छ । समानुपातिक निर्वाचन प्रणाली यतिबेला उपादेयीता पुष्टि हुन सक्छ कि सक्दैन भन्ने कसिमा छ ।

म यतिबेला ुद प्रिंस’ पुस्तक सम्झँदै छु । निकोलो ९ल्ष्अअयòि ःबअजष्बखभििष्० को एउटा सानो पुस्तकमा उनले फ्लोरेन्सका राजा लरेन्सलाई उपहारका रुपमा लेखिदिएका थिए ।
उनको लेखाईको मुल विषय थियो (ुयस्तो दूनियाँमा राम्रो बनिराख्न जहाँ अधिकाशं खराब मानिसहरु छन यो मुस्किल कुरा हो । उनि थप्छन(ुशासकले लामो समय शासन गर्नु छ भने खराब मानिस जस्तै बन्नैपर्छ ।ु
यतिबेला नेपालका शासकहरुको अवस्था सायद यस्तै पो हो कि भनेर मानसपटलमा खेलिरहन्छ ।

अन्तमा यी शेरसँगै विट मार्छु स्
ुपानी की तरह बहती है दौलत चुनाव में
यक(जेहती का तो नाम नहीं रख(रखाव मेुं

यी शेरहरु छिमेकी मुलुक भारतको लखनऊका साग़र ख़य्यामीका हुन । उनले चुनावलाई लक्षित गर्दै ती शेर लेखेका थिए । एक पछी अर्को चुनावमा उनका शेर जस्तै गतिविधिले स्थान जमाउँदै गईरहेको आभाष हुन्छ नेपालमा पनि ।