अदृश्य शहर : ‘मिडनाइट सन’ र ‘पोलर नाइट’ !!
    • याे बाटाे

    • १९ आश्विन २०७८, मंगलवार

शहरमा बस्ने शहरियाको शान र गाऊँमा बस्ने गाऊँलेको स्वाभिमान पृथ्वीका उत्तरी र दक्षिणी गोलार्ध झैं लाग्छन् । शहरको सभ्यता फक्रँदै गाऊँ सम्म पुग्नु पर्छ अनि गाऊँको आत्मियता फैलँदै शहर पस्नु पर्छ ।

कहिलेकाहीं ‘मिडनाइट सन’ र ‘पोलर नाइटको’ दृश्य कल्पना गरौं त । सायद शहर र गाऊँ पनि उस्तै वा यस्तै हुन की !!

मेरा मन पर्ने ईटालियन लेखक Italo Calvino कतै लेख्छन-‘A classic is a work which persists as a background noise even when a present that is totally incompatible with it holds sway.’

कहिलेकाहीं मानिसको जिन्दगी दक्षिणी र उत्तरि दुवै ध्रुवको बीचमा छ कि भन्ने महशुस हुन्छ । अनायास मलाई भू मध्ये क्षेत्र( लगभग 14 माईल-22 किमी) यात्रा गर्न मन लाग्छ । अनि मलाई फेरी Italo Calvinoको उपन्यास ‘इनभिजिबल सिटिज १९७२’ सम्झना आउँछ ।

‘Invisible Cities 1972 ‘ अँग्रेजी अनुवाद William Fense Weaverले गरेको एउटा रोचक उपन्यास हो । Marco Polo र Kublai Khan जस्ता महान हस्तिहरुका प्रसंगहरुलाई कलात्मक रुपमा जोडेका छन लेखक Italo Calvinoले । semiotics र structuralismको गतिलो नमुणा पनि हो उपन्यास Invisible Cities 1972.

भू-मध्ये रेखा मन पर्छ । जहाँ बर्ष भरी नै रात र दिन बराबर हुन्छन् । न शहर न त गाऊँ ।