महात्मा गान्धी,’सेतु’ र शास्त्री जी
    • याे बाटाे

    • १९ आश्विन २०७८, मंगलवार

साढे पाँच किलोमीटर लामो गंगा नदि पार गर्न बनाईएको छ यो पुल । त्यो पुलको नाम नै 'महात्मा गांधी सेतु' राखिएको छ । अनि बल्ल मलाई आत्मा देखि नै अनुभुति भयो वास्तवमा भारतमा गान्धी 'वाद' मात्रै नभएर जनताको जीवनको 'सेतु' हुन भनेर ।

(जन्म: २ अक्टोबर)
‘ईश्वर नै सत्य हो’ मोहनदास कर्मचन्द गान्धी अर्थात महात्मा गान्धीको ‘मोटो’ हो-यो ।
२७ मे, १९६४ मा जवाहरलाल नेहरूको प्रधानमन्त्री रहँदै मृत्यु भएपछी ९ जूनमा लालबहादुर शास्त्री उनको ईमानदारिताको बलमा प्रधानमन्त्री बनेका एक भारतीय नेता हुन । आज यी दुवै नेताको जन्म जयन्ती पनि हो । स्मरणयोग्य त अर्को कुरा के छ भने ९ अगस्त १९४२मा शास्त्रीजीले इलाहाबाद पुगेर त्यो बेलाको आन्दोलनमा गान्धीवादी नारा “करो या मरो” लाई”मरो नहीं, मारो”भनेर प्रयोग गरेका थिए ।
मार्क्सवादी दर्शनका विषयमा गान्धीले टिप्पणी गरेका छन्- ‘हिंसा वर्जित गरियो भने यो दर्शन मान्न मलाई कुनै आपत्ति छैन्’।
ग्यामन इण्डियामा काम गर्ने केही साथिहरु हामी (कुरा लगभग)सन् २००९ ताकाको हो ,उतिबेला हामी राजस्थानको ईटाराणा आर्मी क्याम्पको निर्माण साईटमा बस्थ्यौं । एक पटक भारतको शहर पटनाबाट वैशाली जाँदै थियौं । ‘रिडर ब्रिज’ जो स्वयं ग्यामन इण्डिया कै डिजाईन हो । निर्माण पनि ग्यामन ईण्डिया लिमिटेड कै हो ।
साढे पाँच किलोमीटर लामो गंगा नदि पार गर्न बनाईएको छ यो पुल । त्यो पुलको नाम नै ‘महात्मा गांधी सेतु’ राखिएको छ । अनि बल्ल मलाई आत्मा देखि नै अनुभुति भयो वास्तवमा भारतमा गान्धी ‘वाद’ मात्रै नभएर जनताको जीवनको ‘सेतु’ हुन भनेर ।
गान्धीलाई गान्धी बनाउने धेरै मूर्धन्य ब्यक्तिहरुको लगानी छ । ती मध्येका एक हुन (दक्षिण अफ्रिकाबाट सँगै फर्किएका) मगनलाल । गान्धीको अहिंसात्मक प्रतिरोधात्मक आन्दोलनलाई पहिलो पटक सन् १९०६ मा दक्षिण अफ्रिकामा ‘सत्याग्रह’ नाम दिने श्रेय उनै मगनलाललाई जान्छ ।
रवीन्द्रनाथ टेगोरले गान्धीलाई पहिलो पटक ‘महात्मा गान्धी’ उपाधि दिएका थिए ।
जय होस ।