काठमाडाैं, नेपाल

985......

‘डिलेड ड्रिम’

  • बसन्त कुमार उपाध्याय

  • सिट नं. १३ ‘ए’
    डिपार्टचर समय विहान ८ बजे ।
    एक जना अपरिचित झैं लाग्ने मास्क लगाएको यात्रुको मुखारवृन्दबाट आवाज आयो, चिने चिने झैं लाग्यो त, बिकेजी हो नि ?
    मैले जवाफमा हो भने ।
    (अभिवादनमा)हाई बिकेजी भन्ने आयो ।
    मैले हाई………फर्काए ।
    कफी पीउँ है, बिकेजी !
    (तपाईको कफी लत देखेर डाह नै लाग्छ, हाँसो)
    हुन त यो काठमाडौं एयरपोर्ट हो, तपाईले पिउने कफी त छ कि छैन तर कफी पीउँ न है !
    मैले पनि सहमतिमा हस ! भनिदिएँ ।
    कफी हातमा थमाउँदै उनले भनिन् धेरै पछि भेट भयो है !
    मैले सोध्न नभ्याउँदै उनैले भनिन् कतिबेर चिन्नु हुँदैन म पर्खिरहन्छु तपाईको ‘रेकगनाईजेसन’ !
    कफी पिउँदा उनले मास्क खोल्छिन् अनि चिन्छु भनेर पर्खेको मैले उनको हातमा कफी नदेखेपछि,अलमलमा परें ।
    मैले भर्खरै कफी पिएकी थिएँ ।
    अब पुराका पुर अप्ठ्यारोमा पो परें !
    चिन्या छैन, आवाज सुन्या सुन्या झैं पनि लाग्दैन । आँखाका भाका र परेलीका ताल नयाँ झै पनि लाग्छन । नजर पुरै ‘विपश्यी’ झैं छन् ।
    मास्कमा नचिनेको उनलाई कोभिड–१९ बाट जोगिने उपाय भन्दै त्यसमाथि फेस शिल्ड पो थपियो । अब पुराका पुरा चुप लागें, चिन्न सक्ने सम्भावना झनै कमजोर भएर गयो ।
    उता शौरभ सिन्हा क्याप्टेनले टेक अप गर्न थाली सके, यता मैले अँझैं चिन्न सकिन उनीलाई ।
    उनी बसेको सिटको एसल थियो अर्को तर्फ म विण्डो साईडमा पछिल्लो सिट ! इमरजेन्सी डोर कसरी खोल्ने भनेर एयरलाइन्सका मेम्बर सिकाउँदै थिए मलाई । तर मेरो ध्यान अघिल्लतीरको सिटमा केन्द्रित थियो ।
    त्यतिकैमा सुरिलो भाकामा नेपाली÷अँग्रेजीमा एयर होस्टेजले यात्रा शुरु भइसकेको जनाउ गरिन् ।
    रन वेमा जहाज गुड्दै गर्दा मेरो मन उनको अनुहार चिन्न उडिसकेको थियो ।
    उडान अवधि ४० मिनेट, उचाई १६ हजार फीट सम्म घोषित थियो ।
    मेरो मनको उचाई भने उनको फेस शिल्ड गरिएको अनुहारमा टक्क रोकिएको थियो ।
    पटक पटक पछाडी फर्किएर जब उनले सब ठिक छ नि बिकेजी भन्थिन्, मलाई लाग्यो यी फेसबुके मित्र हुन भन्ने !
    प्लेन जसै रनवेमा रफ्तार पकड्दै पंख खोल्ने प्रयासमा थियो, मेरो मन उडेर उनको अनुहारको कल्पनामा फेरी तैरिन थाल्यो ।
    प्लेनले जसरी उपत्यकालाई फन्को मारेर उचाई चुम्न थाल्यो मेरा आँखाले उनको रेश्मी कपाल हुँदै उनलाई पछ्याउन थालें ।
    म लेफ्ट साईडको सिटमा थिएँ, यसपटक गतिलो गरी हिमाल देख्न पाइएन तर यात्रा अवधि भर सचित्र उनको बिकेको आवाज गुन्जि नै रह्यो ।
    ’प्लिज फास्टन सिट बेल्ट ह्वाईल सिटेड’ त लेखिएकै थियो तर मलाई मन पो बाँध्नु परेको थियो ।
    आखिर को हुन उनी !
    धौलागिरी, निलगिरीलगायतका हिमालहरुको दृश्य यो पटक स्पष्ट देख्न त पाइएन, हुँदा हुँदा मास्कले आफ्नै अगाडीको दृश्य पनि चिन्न सकिन ।
    जब प्लेन महाभारत र चुरेको बीचबाट उडिरहँदा मेरो मन उनको अनुहार चिन्न क्षितिजबाट धेरै दूर पुगिसकेको थियो ।
    नेपालगञ्जको राँझा विमानस्थल माथिको आकाशमा प्लेनले जब चक्कर काट्न थाल्यो मेरा नजरहरु फेरी उनि माथि गएर टक्क रोकिए ।
    आखिर को हुन त उनी !
    बाहिरिने एक्जिट द्वार बन्द नै थियो तर मेरो मन ईमरजेन्सी द्वारको बाटो भएर फेसबुक भित्र छिर्यो ।
    ४ हजार ७ सय (प्लस) साथीहरुको लिष्टमा ४ हजार ७ सय ४४ बाहेक उनी ती एक्ली हुन् ।
    म कसरी भनुँ कि उनी को हुन भनेर, आफ्नै मनलाई सिटको बेल्ट बाँधे झैं फेरी केही बेर त बाँधे तर मन न हो कहाँ बन्धक बन्थ्यो र ! मनले मानिसलाई बन्धक बनाउँछ पो रे !!
    प्लेन त उडानको आबश्यकता अनुसार ब्यालेन्स थियो तर मन ’डिस ब्यालेन्स’ भईसकेको म उडान कै अवस्थामा प्लेनको उचाई भन्दा माथि एक्लै पो उड्न थालें । केवल उनलाई पहिचान गर्न ।
    जसैजसै प्लेनले आफ्नो उचाई घटाउँदै थियो, मेरो मनको उचाई भने उकालो लाग्दै थियो, को हुन् त उनी भनेर ।
    धमिलो गरी देखिएको राप्ती नदीको दृश्य झैं कतै पनि उनको अनुहार धमिलोसँग पनि पैल्याउन सकिन । यो राप्ति नदी त्यही हो जसले कतिको घरद्वार बगायो, कतिको परिवार बगायो । कतिलाई जलाउन त्यो राप्तीको बगर सधैं तयार रहन्छ । हो त्यही राप्तीसँगै मेरो मन विलिन भयो ।
    हेल्लो सर ! हेल्लो जाने होइन एक जना युवतीले मलाई उठाइन् डिले फ्लाइट पनि नेपालगञ्ज राँझा विमान स्थल ल्याण्ड भइसकेको रहेछ ।
    मौसम खराब रहेकाले डेस्टिनेशन बदल्दै हवाई उडान–यात्रा फ्लाईट नं. एस एच ४३१ प्लेन चढ्ने म अन्तिम यात्रु भएँ । नयाँ त्यो दिन नेपालगञ्ज विमान स्थल उत्रिंदा बाहिरको तापक्रम १३ डिग्री रहेछ ।
    फ्लाईट डिले हुँदा म त मस्त निदाएर सपनामा पो रहेछु । माथिको कक्षा दशमा नेपाली विषयमा घोकेर लेखेको झैं लाग्ने सप्रसंग ब्याख्या त फ्लाईट डिले भए पछि कति बेला उड्ने भन्ने अनिश्चतता कै बीच मेरो ‘डिलेड ड्रिम’ पो रहेछ ।
    यस विमानमा यात्रा गर्नुभएकोमा धन्यवाद,
    परिचारिका……क्याप्टेन…यहाँहरुको यात्रा सुखद रह्यो भन्ने अपेक्षा गर्दछौं ।
    शुभ दिन ।

    २ चैत्र २०७७, सोमबार १७:२७मा प्रकाशित